होलीमा प्रहरीकोे यस्तो ‘विशेष सुरक्षा योजना’


होलीको दिनमा हुन सक्ने विभिन्न आपराधिक तथा उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न नेपाल प्रहरीले ‘होली विशेष सुरक्षा योजना’ सार्वजनिक गरेको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार होलीका समयमा साता अघिदेखि लोला हान्ने तथा जबर्जस्ती रङ दल्नेलगाायतका गतिविधि नियन्त्रण गरी होलीलाई सभ्य बनाउन प्रहरीले एक साता अघिदेखि प्रचारात्मक अभियान चलाइरहेको छ । जागरण अभियानका क्रममा माइकिङ गर्ने, विभिन्न पर्चा, प्रचारप्रसार गर्ने कार्यक्रम गरेकोे थियो । प्रहरीका अनुसार यस अवधिमा होलीसँग सम्बन्धित गतिविधिका कुनै उजुरी परेका छैनन् । विगतका वर्षभन्दा यस वर्षका गुनासोलाई आँकलन गर्दा यस वर्षको होली सभ्य बन्ने प्रहरीको अनुमान छ ।




प्रवक्ता उत्तम सुवेदीका अनुसार प्रहरीले आपराधिक क्रियाकलाप नियन्त्रणका लागि चेकजाँच, मापसे चेकिङ, गस्ती तथा पेट्रोलिङलाई बढावा दिइनेछ । हुलमुलमा फाइदा लिन खोज्ने तथा आपराधिक गतिविधि गर्न खोज्नेलाई नियन्त्रणमा लिनका लागि सादा पोसाकमा समेत प्रहरी परिचालन हुनेछन् । यस्ता गतिविधिमा संलग्न हुनेलाई कसुर बमोजिमको कानुनी कारबाही तथा ‘सार्वजनिक सुरक्षा ऐन’ अन्तर्गत कारबाही हुनेछ । त्यस्तै, जिल्लाका हकमा भने जिल्लास्थित सुरक्षा समितिले सुरक्षा स्थिति हेरेर शान्ति सुरक्षा कायम गर्न सक्ने प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...