पाँच बर्ष भित्र रामग्राम नगरभित्रका सबैबाटाे कालाे पत्रेे हुने


परासी। पश्चिम नवलपरासीको रामग्राम नगरपलिकाले भौतिक संरचना तथा बाटोहरुको तिब्र विकास गर्ने जनाएको छ । स्थानिय तह आएको २ वर्ष वित्न लाग्दा अब नगरपालिका भित्रको सबै बाटोहरु लाई ५ वर्ष भित्रकालोपत्र बनाईने भएको छ । रामग्राम नगरपालिका प्रमुख मेयर नरेन्द्र कुमार गुप्ताले पत्रकार सम्मेल गर्दै नगरपालिका भित्रको सबै बाटोहरु लाई कालोपत्र गरीने नगरपालिका ले लक्ष्य लिएको बताउनु भएकाे छ ।
स्थानिय तह आएपछि नगरपालिका भित्रका सबै जनताहरु लाई विकासको अनुभुति गराउनको लागि सानो सानो विकास निमार्णको काम सँगै ठुल–ठुला आयोजनाहरु समेत सञ्चालन हुने अवस्थामा रहेको नगरपालिका मेयर गुप्ताले बताउनु भएको छ । यो वर्ष यु जि आई आई पि ले ३ वटा ठुलो आयोजनाको सम्भाव्यता अध्ययन गरी सकेको छ ।
शहरी विकास मन्त्रालयको समन्व्य तथा वर्ड बैकंको सहयोगमा नगरपालिकाले ३ वटा ठुलो आयोजनाहरु यो वर्ष अगाडि बढाउने नगर प्रमुख पुप्ताले भन्नु भएको छ । कच्चि बाटो तथा ग्रभेल बाटोको कारणले गर्दा धुलो उड्ने र वर्षातको मौसममा हिलाे हुने भएकोले मान्छेहरू लाई सजिलै आवतजावत गर्न कठिनाई भएकाे यि बाटोहरु लाई प्राथ्मिकतामा राख्दै कालोपत्राे गरी बाटोको स्तरउन्नति गरीने नगरपालिका मेयर नरेन्द्र कुमार गुप्ताले बताउनु भएको छ । परासीलाई मुख्य केन्द्रविन्दु बनाई यहाँ बाट ३ वटा निसकेको मुख्य ग्रामिण बाटोहरुको सम्भाव्यता अध्ययन अनुसार करीब २ अर्ब ८४ करोड को लागतमा कालोपत्राे गरीने रामग्राम नगरपालिका का प्रविधिक ईन्जिनियर सतिस कुमार गुप्ताले बताउनु भएको छ । शिक्षाक्षेत्रमा काक्षा १ देखि १० सम्म निशुल्क शिक्षा दिने र पाठयक्रम परीक्षा शुल्क सम्म नलागने मेयरले भन्नु भयाे त्यसतै रामग्राम नगरपालिका दिर्घकालीन याेजना बनाउनकाे लागि सार्वजनिक ठाउमा कार्यक्रम गर्ने एक हजार कयापसिटी भएकाे सिटी हल निर्माण गईराहेछाै व्यवस्थित बसपार्क नगरपालिका भित्रका फाेहाेर व्यवस्थापन गर्न काे लागि झरही नदिकाे तटमा ८/१० विगहा जमिन छ त्यही फाेहाेर व्यवस्थापन गर्छाै परासी नजिकै रेकसहवा एेरियालाई आैधाेगिक एरिया भन्ने चिन्छाै । वुद्ध चाेकमा घण्टा घर निर्माण गर्नेछाै पाँच वाटा गाँउलाई नमुना वस्ती बनाउने छाै अटाे भिलेज बनाउनकाे लागि जग्गा खरिद गरिनकाे लागि बजेट छुटयाएकाे मेयर नरेन्द्र गुप्ता बताउनुभयाे ।
परासीदेखि डिघवल, बन्जरीया हुँदै पण्डितपुर सम्मको बाटो लाई १ अर्ब ३३ करोड बराबरको लागतमा ५० फिटको बटो कालोपत्र हुने भएको छ । करीब १२ किलोमिटरको यो बटोमा विच सेन्टर बाट दुबैे तिर २५÷२५ मिटर लिने नरगपालिका का ईन्जिनियर गुप्ताले बताउनु भएको छ । बौद्धिष्ठहरु को अस्थाका केन्द्र रहेको तथा पुरातात्विक स्थल पण्डितपुर लाई बाटोको स्तर उन्नति गराई त्यहाँ सम्म पर्यटकहरु लाई जानको लागि सहज समेत हुने भएको छ । यस्तै परासी देखि पोखरापालि, अईचावल र परसावल सम्मको ९ किलोमिटरको बाटो लाई पनि कालोपत्राे गरीने ईन्जिनियर गुप्ताले भन्नु भएको छ । ९३ करोडको बराबरको लागत लाग्ने यो बाटो ३३ फिट चौडा हुने जस्मा दुबै तिर बाट साढे १६ + साढे १६ फिट लिने भएको छ ।
यसै गरी परासी देखि पाल्ही क्यम्पस हुँदै करमैनि सम्मको बाटोलाई कालोपात्राे गरीने छ । साढे ५ किलोमिटर भएको यो बाटो लाई बनाउनको लाग गरीएको सम्भव्यता अध्ययनमा ५८ करोड लागत लाग्ने नगरपालिका का ईन्जिनियर सतिस कुमार गुप्ताले भन्नु भएको छ । यो बाटो पनि ५० फिटको हुने जस्मा बाटोको विच सेन्टर बाट २५+२५ फिट लिने ईन्जिनियर गुप्ताले भन्नु भयो । यस्तै नगरपालिका भित्र नगरबस सञ्चालनको लागि पनि अवधारण अगाडी बढाएकाे रामग्रामका प्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनु भएको छ ।
नगरपालिका भित्र नगर बस सञ्चालन गरी यहाँका नागरीकहरु लाई आहोरदोहोर सजिलो गराउनको लागि यस्तो आयोजना अगाडी बढाएकाे उहाँले भन्नु भएको छ । यात्रुहरु संग मनपरी गर्ने तथा दुख दिदै आएका बस चालकहरु कै चल्ने भएकोले नगरपमलिकाले त्यस्तो लाई निरुत्साहीत गर्दै आम नागरीकहरु लाई सहजता महशुस गराउनको लागि नगरबस पनि चलाउने भएको छ नगर प्रमुख गुप्ताले जानकारी गराउनु भयो । आवश्यक संख्या भन्दा बढि यात्रुहरु लाई राख्दै उभ्यायर समेत दुख दिने प्रवृतिको अन्त हुने भन्नु भयो ।
यस्तै नगरपालिका भित्र जि.आई.एस. म्याप एपस पनि शुरु हुने भएको छ । जिपिएसको अधारमा कुन व्यक्तिलाई कहाँ जान छ भनेर सहज हुने र अपराधिक घटना समेत नियुनिकरण हुने उद्देश्यको साथ जिआईएस म्याप एप्स मार्फत नगरपालिका लाई अनलाईन चिनाउने भन्नु भयो ।




यहाँ स्थानियहरु को घर कहाँ कुन बाटोमा पर्छ भनेर घर पतालगाउन प्रत्येक ठाउ वा बाटोको नमाकंरण गरी अनलाईन देखाउने बताउनु भएको छ ।

यसको एउटा एप बनाईने जुन डाउनलोड गरी कहाँ कसरी जाने भनेर सजिलो र त्यसमा पुरै लाेकेसन राखिने छ । यो एपको लागि कुनै पनि ईन्टरनेटको अवश्यकता पर्दैन । त्यस्तै सदरमुकाम सुन्दरी करणको लागि बन्दै गरेको सदरमुकामको बाटोहरुमा सिसिटिभि क्यमरा समेत जडान गरीने बताउनुभयाे।





सम्बन्धित
Loading...