होली खेल्ने क्रममा छतवाट लडेर बालक गम्भीर घाइते


दाङ,चैत ७ । दाङको तुलसीपुरमा होली खेल्ने क्रममा घरको छतवाट लड्न पुग्दा एकजना बालक गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ अमृतटोलमा १२ बर्षीय विप्लव केसी गम्भीर घाइते भएका छन् ।




ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. ३ पातेटाकुरा घर भइ हाल तुलसीपुरमा कोठा भाडामा बस्दै आएका गौरी केसीका छोरा विप्लव होली खेल्ने क्रममा छतवाट लडेका थिए । विहीवार विहान पौने नौं बजेतिर घरको छतवाट लडे लगतै उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिएको थियो ।

त्यहाँको प्रारम्भीक उपचार पछि थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ । घाइते बालकलाई टाउकोमा चोट रहेको छ ।







सम्बन्धित
Loading...