सरकार विप्लव दुवै आ-आफ्नै अडानमा





सरकारले विप्वल नेतृत्वका नेकपालाई हतियार विसाएर वार्तामा आउन आधिकारिक रुपमा आग्रह गरेकै दिन विप्वल नेतृत्वका नेताहरुले सरकारले बजरजस्त देशमा गृहयुद्ध चर्काउन खोजेको आरोप लगाएका छन् ।
विप्वल नेतृत्वको नेकपाका मध्य केन्द्रिय कमाण्ड सुदर्शनले विहीबार विज्ञप्ति जारी गर्दै यो सरकार, गृह प्रशासन, गृह प्रशासन मातहत रहेको विभिन्न सुरक्षा निकायका अधिकारीहरुले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टचार, कालोबजार, बलात्कार र अत्याचार अत्याचारलाई लुकाउन तथा ती अपराधहरुलाई संस्थागत गर्न खोजेको बताएका छन् ।
विहीबार मन्त्रीपरिषदको पछिल्लो वैठकका निर्णयहरु सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्तोलाले सरकार विप्लव समूहसँग सम्वाद गर्न तयार रहेको बताए । तर, उनले हतियार विसाएर वार्तामा आउनु पर्ने जोड दिए ।
सरकारको आधिकारिक धारणासँग बाझिने गरे सुदर्शनले जारी गरेको विज्ञप्तिमा आफ्नो पार्टीमा अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति नै नरहेको तर्क गरेको छ ।
विज्ञप्तिमा भनिएको छ – ‘अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नै नरहेको र दलाल पुँजीवादका विरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा छ ।’

सरकार भन्छः हतियार विसाएर वार्तामा आउ 




सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संवादका निम्ति सरकार सधैँ तयार रहेको बताए ।

विप्लब समूह भनेर चिनिने नेकपालाई दबाउने सरकारको नीति हो भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफमा उनले बमबारुदसँगै सम्पूर्ण हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण ढङ्गले राजनीतिक असन्तुष्टि समाधानका निम्ति वार्तामा आउन आग्रह गरे ।

‘हतियार कुनै समस्याको समाधान होइन, बुद्धभूमि नेपालमा अब अशान्ति र हिंसा होइन शान्तिको खाँचो छ,’ दशवर्षे द्वन्द्वको पीडा भोगेका शान्तिप्रेमी नेपालीले देशलाई प्रगतिपथमा अग्रसर गराउन चाहेको यथार्थ सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने ।

कुनै पनि नेपालीले देशलाई पुनः द्वन्द्वतर्फ फर्केको हेर्न नचाहेको, राजनीतिक अभीष्ट पूरा गर्न बलको प्रयोगलाई अस्वीकार गरेको र निर्दोष व्यक्तिको हत्या तथा गैरकानुनी चन्दा असूली सधैँसधैँका निम्ति अन्त्य हुनुपर्ने जनअभिमतप्रति उनको लक्ष्य थियो ।

राष्ट्रिय सुरक्षा नीति, २०७५ बारेको प्रश्नको प्रत्युत्तरमा मन्त्री बाँस्कोटाले मुलुकको राष्ट्रिय आवश्यकता, परिस्थितिको विश्लेषण, देशको राष्ट्रियता सुदृढ तुल्याउनेलगायत विषय नै उक्त नीतिमा समेटिएको बताए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र विदेशी पर्यटकलाई नेपालमा धेरैभन्दा धेरै समय बिताउने तथा अधिक खर्च गराउने लक्ष्य एवम् उद्देश्य हासिल गर्न सम्बद्ध सबै पक्षबाट सक्रिय सहभागिता हुने विश्वास उनले व्यक्त गरे ।

बेलायत सरकारले नेपाली नागरिक संलग्न नयाँ गोर्खा बटालियन गठन गर्नेसम्बन्धी औपचारिक जानकारी सरकारलाई प्राप्त नभएको तथा अमेरिकी विदेशमन्त्रीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सम्प्रेषण गरेको पत्रका विषयवस्तुबारे पनि विस्तृत जानकारी प्राप्त नभएको सरकारका प्रवक्ताले प्रश्नोत्तरकालमा बताए ।

सरकार जबरजस्त देशमा गृहयुद्ध लाद्दैछः विप्लव 

सरकारद्धारा प्रतिवन्धित विप्लव समुहले सुरक्षाकर्मीमाथी आक्रमण गर्ने पार्टीको निती नरहेको जनाएको छ । काभ्रे गोलीकाण्डमा प्रहरीले जवाफी कारबाही गरेको दाबीलाई नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले ‘वकवास’ भनेर टिप्पणी गरेको छ ।

सरकार, गृहप्रशासन, सुरक्षा निकायका प्रमुख लगायतले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा अपराधीहरुलाई संस्थागत गर्न खोजेको आरोप विज्ञप्तीमा लगाईको छ ।

बिहीबार मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले एक विज्ञप्ति जारी गर्दै काभ्रे गोलीकाण्डले जनयुद्धकालमा लगाइएको संकटकाललाई स्मरण गराएको जनाएको छ ।

‘अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नै नरहेको र दलाल पुँजीवादका विरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा छ ।’ विज्ञप्तीमा भनिएको छ ।

 




सम्बन्धित
Loading...