पशुपालक किसान संगठित

1,699








कावासोती, ८ चैत । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर १४ का ब्यवसायीक पशुपालक किसानहरु संगठित भएका छन् ।

कावासोती १४ स्थित त्रिभुवनटारमा बसेको भेलाले समृद्धि ब्यवसायिक पशुपालक कृषक समूह गठन गरेको हो । समूहको संयोजक ध्रुवकुमार श्रेष्ठ चयन हुनु भएको कृषक चन्द्रमणि पाण्डेले बताए।


समृद्ध नेपाल बनाउन कृषि क्षेत्रको ठूलो महत्व रहेको भन्दै सरकारले सहयोग गर्ने बताए पनि आफूहरुले कुनै पनि सहयोग तथा परामर्शसमेत पाउन नसकेको किसानहरुको गुनासो छ । स्थानीय तहमा कृषि तथा पशुपालन क्षेत्रमा आएको बजेटसमेत अन्यत्र लगानी गरेको पनि उनीहरुको गुनासो छ । किसानका लागि पाउनुपर्ने सेवा सुविधाबारे आफूहरुले खोज्नुपर्ने आवश्यक भएको उनीहरुको भनाइ छ ।

पछिल्लो समय कृषि तथा ब्यवसायीक पशुपालन क्षेत्रमा युवाहरुको आकर्षण बढ्दै गएको छ । कावासोती नगरपालिका १४ मा मात्रै एक दर्जन बढी ब्यवसायीक पशुपालन फर्म सञ्चालनमा छन् ।



You might also like
Loading...