गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विपन्न वर्गलाई सहयोग

70












परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ताले आफूले पाउने सरकारी सुविधावापतको रकम गाउँका अति विपन्न परिवारलाई काजकिरियाका लागि सहयोग गरेका छन् ।

उनले सोही गाउँपालिका– ३ का मोहन हरिजनको मृत्यु भएपछि उनको परिवारलाई काजकिरियाका लागि आवश्यक खाद्यन्न लगायतका सामग्री सहयोग गरेका हुन् ।
मोहन हरिजन स्थानीय मन्दिरमा पूजारी छन् । त्यहीँबाट उनको गुजारा चल्ने गरेको थियो । तर कमाएर खुवाउने परिवारका मूख्य व्यक्तिकै निधन भएपछि हरिजनको परिवारलाई काजकिरिया गर्न समेत धौधौ परेको थियो ।


काजकिरीयालाई सहज बनाउन गाउँपालिका अध्यक्ष गुप्ताले शुक्रबार बिहान हरिजनकी श्रीमती रामरती हरिजनलाई चामल, पिठो, चिनी, आलु तरकारी, गिलासलगायत गरी रु पन्ध्र हजार बढीको खाद्यान्न तथा सामग्री सहयोग गरे ।

गाउँपालिका अध्यक्ष गुप्ताले सरकारले आफूलाई दिएको सुविधावापतको रकम विपन्न परिवारलाई सहयोग गर्न पाउँदा अत्यन्त खुशी महशुस गरेको बताए ।

यसअघि विपन्न अवस्थाका ईश महम्मदकी छोरी सवनम खातुनको विवाहका लागि आर्थिक समस्या भएपछि गाउँपालिका अध्यक्ष गुप्ताले व्यक्तिगत रु तीस हजार नगद सहयोग गरेपछि विवाह सहज रुपमा सम्पन्न भएको थियो ।
यसैगरी एकवर्षदेखि तलब नपाएका हरपुर माविका ६ जना शिक्षकलाई पनि गाउँपालिका अध्यक्ष गुप्ताले आफ्नै पहलमा तलबको व्यवस्था गरिदिएका थिए ।



You might also like
Loading...