राशिफल २०७५ साल चैत्र ९ गते
मेष
व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्ने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ।
बृष
बलभन्दा बुद्धिको उपयोगले समर्थवान् बनाउन सक्छ। गुमेको अधिकार पुन:स्थापित गर्न सकिनेछ।
मिथुन
प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।
कर्कट
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ।
सिंह
फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।
कन्या
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काममा हात हाल्ने समय छ।
तुला
केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ।
बृश्चिक
उद्योग र व्यापारमा पनि फाइदा हुनेछ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला।
धनु
तापनि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ।
मकर
शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ।
कुभ
काममा राम्रो सुरुवात हुनाले सोचेको नतिजा हातलागी हुनेछ। शुभचिन्तकहरूको साथ, सहयोग जुट्नेछ।
मीन
प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ।