पिकअपको ठक्करवाट मोटरसाईकल चालकको मृत्यु

53







दाङ, चैत ९ । दाङमा पिकअपको ठक्करवाट मोटरसाईकल चालकको मृत्यु भएको छ । तुलसीपुरवाट पश्चिम तर्फ जाँदै गरेको रा १ च ३४६ नम्वरको पिकअपले विपरित दिशावाट आउँदै गरेको बा ९७ प ८५६२ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा त्यसका चालकको मृत्यु भएको छ । दुर्घटनामा परि दंगिशरण गाउँपालिका वडा नं. ६ थपगाउँ निवासी १८ बर्षीय गोरख चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चौधरीलाई राप्ती प्रादेशिक अस्पताल ल्याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना शनिवार विहान पौने ७ बजेतिर भएको थियो ।
स्थानीय कमल वलीका अनुसार चौधरीलाई ठक्कर दिए लगतै पिकअपका चालकले गाडी भगाउँदै कुमलगडी सम्म पु¥याएका थिए । तर त्यही क्रममा गाडि त्यहाँ फसेपछि चालक गाडि छोडेर भागेको हुँदा इलाका प्रहरी कार्यालय तुलसीपुर वाट गएको प्रहरीले गाडि निकालेर ल्याउने प्रयास गरिरहेको छ ।


You might also like
Loading...