२०७५ चैत्र १० गते
मेष
भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
बृष
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा सामान्य र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
मिथुन
काम छोडेर पनि आफन्त र परिवारलाई समय दिनुपर्ला। कृषि तथा पशुधनले मनग्गे फाइदा दिलाउनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ।
कर्कट
चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलभन्दा बुद्धिको उपयोगले काम बन्नेछ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
सिंह
धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। समय लागे पनि चिताएको काम सम्पादन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्।
कन्या
आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मेहनत गर्दा अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ।
तुला
लाभप्रद कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ। बेसुरको कामले चुनौती निम्त्याउला। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिएला।
बृश्चिक
आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्।
धनु
शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ।
मकर
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कुम्भ
कामको जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउन सक्छ।
मीन
प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुपर्ला।