शुरु भयो एसईई परीक्षा भिडियो र फोटो फिचर

134







यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आइतबारबाट शुरु भएको छ। देशभर परीक्षा शान्तिपूर्ण रुपमा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।


परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार भएको यस बर्षको एसइई परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी छन्।

प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल छन् । परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित छन् परीक्षा बिहान ८ बजेदेखि शुरु भएको हो ।

नवलपरासीबाट १२ हजार बढी परीक्षार्थी सहभागी

यस बर्षको एसईई परीक्षामा नवलपुरबाट एक सय ३३ वटा विद्यालयका ६ हजार ६ सय ७० जना परीक्षार्थी सहभागी भएका छन् ।
नवलपरासीमा पनि शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको छ।

नियमित तर्फ ६ हजार ६ सय २७ जना र एक्जाम्टेडतर्फका ४३ जना गरी ६ हजार ६ सय ७० जना परीक्षार्थी नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरबाट एसईई परीक्षामा सहभागी छन् ।


त्यसैगरी पश्चिम नवलपरासीमा यस बर्षको एसईई परीक्षामा ५ हजार सात सय १४ जना परीक्षार्थी परीक्षामा सहभागी भएका छन्।

 

 

 


You might also like
Loading...