बभाङ्गमा भलिबल खेलमा विवाद पछि कुटकुटा हुँदा एक जनाकाे मृत्यु

73












बझाङ चैत्र ११
बझाङ जिल्लाको सुर्मा गाँउपालीका वडा नम्बर ५ बस्ने १८ बर्षिया आनन्द विकको मृत्यु भएको छ ।

आईतबार दिउसो गाँउ नजीकै भलिबल खेल्दा विवाद भए पछि सुर्मा गाँउपालीका वडा नम्बर ५ बस्ने १८ बर्षीया जीवन बोहरा र १८ बर्षिया रनु बोहराले विक लाई लौरोले हानेर घाईते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताउनु भयो ।


घाईते विकको जिल्ला मा उपचार हुन नसके पछि नेपालगंज तर्फ रिफर गरिएको र सोमबार विहान अत्तरीया पुग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीको भनाई छ । घटनामा संग्लग्न दुबै जना फरार रहेको डिएसपि धिताले बताउनु भयो ।

दुबै जनाको खाजी कार्य भै रहेको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय बाट ईन्स्पेटर सहितको टोली घटना स्थलमा खटी गएको प्रहरीले डिएसपि धितालले बताउनु भयो ।

घटना बारे थप अनुसन्धान भै रहको छ । केहि समय अघि मात्रै सदरमुकबाम चैनपुरमा नै सुर्मा गाँउपालिका वडा नम्बर एकका धर्क बहोराको सो गाँउ बस्ने दर्पण बोहराले ढुङ्गा प्रहार गरि मारेको प्रहरीले जनाएको छ ।



You might also like
Loading...