दाङमा आगलागीबाट शिशुको मृत्यु

118












दाङ, चैत ११ । दाङमा आगलागीबाट एकजना शिशुको जलेर मृत्यु भएको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नं. १ बगाहसोती निवासी हिमाल रानाको १ महिनाको छोरी संगिता रानाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी प्रबक्ता तथा सुचना अधिकारी विनोद विक्रम शाहले आइतवार बेलुका सात बजेतिर हिमालका ४ बर्षीय अमित रानाले सलाई कोरी खेल्ने क्रममा कपडा बाट बहिनी संगितालाई आगो लाग्न पुगेको थियो । ‘सानो बालकले सलाई कोरेर खेल्दै गर्दा बहिनीको कपडामा आगो लगाए पछि एक महिनाकी शिशुको जलेर मृत्यु भएको भन्ने खुल्न आएको छ,’ डिएसी शाहले भने । आगोले पोलिएर गम्भीर अवस्थाकी सिशुको रुपन्देहीस्थित लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको शाहले जानकारी दिए । आगोवाट घरमा अन्य कुनै क्षति नभएको पनि प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ८ झिम्डीमा स्थानीय फनादर घर्तीको घर आगलागी बाट जलेर नष्ट भएको छ । फुसको छानो युक्त एक तले घरमा सोलारको तार सट भइ लागलागी भएको प्रहरीले बताएको छ । आइतवार बेलुका ५ बजेतिर लागेको आगो एक घन्टा पछि स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको थियो ।



You might also like
Loading...