प्रशासनमा पुगेर मिल्यो गाउँपालिका अध्यक्ष र कार्यकारीबीचको विवाद


नवलपुरकोे बुलिङटार गाँउपालिकाका अध्यक्ष र कर्मचारीको विवाद जिल्ला प्रशासन कार्यालय नवलपुरमा मिलेको छ ।



प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालका अनुसार कर्मचारीले कानुन बमोजिम काम गर्ने र गाँउपालिका अध्यक्ष र जनप्रतिनिधिले कानुन बमोजिमका काममा सहयोग गर्ने सहमतिपछि बिवाद मिलेको बताएका छन् ।

अध्यक्ष शशिकिरण वस्ताकोटी र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीबीच विवाद बढे पछि उनी सहित ३ कर्मचारी कावासोती आएका थिए ।



सम्बन्धित
Loading...