मध्यबिन्दु नगरपालिकामा आइएमई समूहले सिमेन्ट उद्योग खोल्ने

160







कावासोती । नवलपुरको मध्यबिन्दु नगरपालिकामा नेपालको व्यापारिक समूह आइएमई समूहले नयाँ सिमेन्ट उद्योग खोल्ने भएको छ ।
पछिल्ला दुई दशकमा ठूलो ब्यावसायिक घरानाकोरुपमा स्थापित चन्द्र ढकाल अध्यक्ष रहेको आइएमई समूहले अर्बौं रुपैयाँ बराबरको लगानी विस्तार गर्ने तयारी गरको हो । यसअघि बैँक तथा बित्तिए क्षेत्रमा लगानी गरेको यो समूहले आइएमइ ब्राण्डको सिमेन्टमार्फत् उत्पादनशील क्षेत्रमा हात हाल्ने तयारी गरेको हो ।
आइएमइ सिमेन्टलाई लगानी बोर्डले लगानी सम्मेलनमा निजी क्षेत्रको आयोजनाको रुपमा शोकेश गर्दैछ । सरकारको आयोजनामा यही शुक्रबार र शनिबार काठमाडौंमा अन्तराष्ट्रिय लगानी सम्मेलन हुँदैछ ।
रेमिटेन्स बिजनेशदेखि ब्यावसायिक यात्रा शुरु गरेको आइएमइ समूहले बैंकिङ्ग, बीमा, केबलकार, होटेल, अनलाइन पेमेन्ट सिस्टम, टेलिभिजन सेवा प्रदायक, अटोमोवाइल्स, एयरलाइन्स, हाइड्रोपावरलगायतका सेवा क्षेत्रमा राम्रो प्रगति गरेको छ ।
१०० मिलियन अमेरिकी डलर अर्थात १० अर्ब रुपैयाँभन्दा बढीको लगानी रहने आइएमई सिमेन्टको प्लान्ट गण्डकी जिल्लाको नवलपरासीस्थित मध्यबिन्दु नगरपालिकामा रहनेछ ।
प्लान्टको क्षेत्रफल ३५ बिघाभन्दा बढी हुने अध्यक्ष ढकालले बताए । नेपालमा सिमेन्टको माग अझै तीव्र गतिमा बढ्ने भएकाले सिमेन्ट उद्योग खोल्न चासो देखाएको ढकालले बताए ।
अझै पनि नेपालमा ६० प्रतिशत क्लिंकर आयात हुने गरेको र स्थायी सरकार आएसँगै आव नेपालमा तीव्र गतिमा पूर्वाधार विकास हुने भएकाले सिमेन्टको माग बढ्ने भएकाले आईएमई समूह सिमेन्ट उद्योगमा आएको ढकालले सुनाए ।
आईएमई सिमेन्टको खानी भने पाल्पाको मदनपुर र सिस्दी गाउँपालिकामा रहने छ । पूर्वपश्चिम राजमार्गदेखि पाँच किलोमिटर माथि उद्योगको प्लान्ट रहने र त्यहाँबाट खानीसम्म पुग्न २५ किलोमिटरको दूरी रहेको छ ।
लगानी बोर्डका अनुसार ४ वर्ष्भित्र उद्योग स्थापना भई सञ्चालनमा आइसक्नेछ । निर्माण अघिको काम सम्पन्न गर्न एक वर्ष, वित्तीय व्यवस्थापन गर्न एक वर्ष र दुई वर्षमा उद्योग निर्माणको काम सम्पन्न हुने लगानी बोर्डले जनाएको छ ।
आईएमई समूहले पर्यटकीय नगरी पोखरा, कर्णालीको चिसापानी र धार्मिक पर्यटकीय क्षेत्र स्वर्गद्वारीमा केबलकार र सुविधासम्पन्न तारे होटेल सञ्चालनको आयोजना तयार पारेको छ ।
१५ स्क्वायर किलोमिटरको खानी छ भने खानीमा १८.७२ मिलियन टन कच्चा पदार्थ रहेको लगानी बोर्डको रिपोर्टमा उल्लेख छ । उक्त सिमेनट उद्योगको इन्टरनल रेट अफ रिटर्न (आईआरआर) २० प्रतिशत रहेको छ । आईआरआर २० प्रतिशत भएको कुनै पनि आयोजना लगानीका दृष्टिकोणले उत्तम मानिन्छ ।


You might also like
Loading...