विप्लवका जनपरिषद उपप्रमुख पक्राउ

49







नवलपरासी । प्रहरीले विहीबार विप्लव नेतृत्वकाे नेकपाका नवलपुर जनपरिषद उपप्रमुखलाई पक्राउ गरेकाे छ।
प्रहरीले जनपरिषद उपप्रमुख दीपककुमार घर्ती साेमै (सम्राट) लाई नियन्त्रणमा लिएकाे हाे। उनी अहिले ईलाका प्रहरी कार्यलय रजहरकाे नियन्त्रणमा रहेकाे छ ।
यस अघि प्रहरीले नवलपुरबाट जनपरिषद प्रमुख सहित दुई जनालाई नियन्त्रणमा लिएकाे छ।
सम्राटलाई प्रहरीले उनकै घर देवचुली नगरपालिका २ बाट पक्राउ गरेकाे हाे ।

स्राेतका अनुसार उनी पार्टीमा निस्कृय रहेका थिए।



You might also like
Loading...