देवचुलीबाट विप्वलको दुई जिल्ला नेता पक्राउ

317







नवलपरासी । नवलपुर प्रहरीले पूर्वी नवलपरासीको देवचुली नगरपालिकाबाट विप्लव नेकपाका दुई नेतालाई पक्राउ गरेको छ ।
उनीहरुलाई देवचुली नगरपालिका २ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवलपुर जिल्लाका जनपरिषद उपप्रमुख दीपककुमार घर्ती सोमै (सम्राट) र नेकपाका जिल्ला सदस्य पारस गौतम रहेको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीले विहीबार विप्लव सोमैलाई उनकै घरबाट र गौतमलाई देवचुली २, चौधरी उद्योग अगाडिबाट पक्राउ गरेको हो ।
दुवै जना अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ ।



You might also like
Loading...