अभद्र व्यवहार गर्ने वडाअध्यक्ष प्रहरी खाेरमा

97







बारामा एक जना वडाध्यक्ष जिल्ला प्रशासन कार्यालय बाराका कर्मचारीसँग अभद्र व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा परेका छन ।
फेटा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रवि कुशवाहाले कर्मचारीलाई दुव्र्यवहार गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
वडाध्यक्ष कुशवाहाले आमाको नामको थरमा फरक रहेको र त्यसलाई सच्याउन प्रशासन शाखाका सुब्बा शिवशंकर मुखियालाई अनावश्यक गाली गलौज गरी हातपात गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले जानकारी गराएका छन ।
वडाध्यक्ष कुशवाहाको आमा मालती देवी कुशवाहाको थर एकमा कुशवाहा र अर्कोमा कोइरी रहेको यसलाई प्रक्रिया पु¥याएर मात्र सच्याउन मिल्ने नायब सुब्बा मुखियाले बताएपछि कुशवाहाले फाँटका अन्य कर्मचारीहरुलाई गाली गलौज गर्न शुरु गरेकोले उनलाई प्रहरीलाई बोलाएर नियन्त्रणमा लिएको बताए ।


You might also like
Loading...