बर्दघाटमा बैंकका कर्मचारी घुस सहित पक्राउ

637












राष्ट्रिय वाणिज्य बैक शाखा कार्यालय बर्दघाट का कनिष्ठ सहायक अञ्चल सुनार १० हजार घुस सहित रङ्गेहात पक्राउ  परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल को टोलि ले उनलाइ बर्दघाट बाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल का प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । सुनार ले सेवाग्राही संघ राष्ट्रिय सेवा कर्जा निस्किसकेकोमा १० हजार नदिइ निकाल्न नमिल्ने भनी सेवाग्राही बाट घुस रकम मागेका थिए ।

रँगेहात पक्राउ परेका सुनारलाई पक्राउ गरि अख्तिया दुरुपयोग अनुसन्धान आयोग बुटवलमा लगिएको र विशेष अदालतमा मुद्दा दायर गरि प्रक्रिया अघि बढाइने बुटवलका प्रमुख तारानाथ अधिकारीले बताउनु भयो । मुद्दा दर्ता भएपछि सेवाबाट निलम्बित हुने र मुद्दा प्रकृया अघि बढ्ने समेत उहाँले बताउनु भयो ।




You might also like
Loading...