एसईई दिदादिदै सुत्केरी भएपछि

83












दार्चुलामा एक छात्राले कक्षा १० को परीक्षा दिदै गर्दा सन्तान पाएकी छन् । मार्मा गाउँपालिका स्थित मावि पडपडा परीक्षा केन्द्रमा परीक्षा दिदै गर्दा एक छात्राले बच्चा जन्माइका छन् ।
अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी मावि क्षेत्तिमा अध्ययनरत छात्रा हिमाला मन्यालले परीक्षा दिदै गर्दा आज छोरो पाएको मावि पडपडा परीक्षा केन्द्रका केन्द्राध्यक्ष राजेन्द्र बहादुर सिंहले बताए । एसइई अर्थात् कक्षा १० को परीक्षा दिदै गर्दा १८ वर्षिय छात्राले शुक्रबार परीक्षा दिदै गर्दा बच्चा जन्माइएकी हुन् । छात्रा मन्यालले पुत्र लाभ हुदाँ परीक्षाको निर्धारित समय भन्दा ढिला भएकाले उहाँलाई आधा घण्टा समय थप गरिएको केन्द्राध्यक्ष सिंहले बताए ।



You might also like
Loading...