ओखलढुंगामा स्कारपियो दुर्घटना, ६ को मृत्यु, तीन घाइते


ओखलढुंगामा आइतबार जीप दुर्घटना भएको छ । सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो दुर्घटनामा परेको हो । मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।




दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।




सम्बन्धित
Loading...