भिषण हावाहुरीका कारण बारा – पार्सामा २५ जनाको मृत्यु, ४०० भन्दा बढी घाइते

230












विरगंज । आइतबार साँझ परेको बर्षासँगै आएको हावाहुरीका कारण बारामा २५ जनाको मृत्यु भएको छ । इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुडदै गरेको गाडी पल्टिए तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा २५ जनाको मृत्यु हुनुका साथै ठूलो मात्रमा मावनीय तथा धनजनको क्षति भएको हो । हावाहुरीको कारण ४०० भन्दा बढी घाइते भएको छ ।


हावाहुरीले सबै भन्दा बढी क्षति बाराको भरवलीयामा भएको छ । घाइतेहरुलाई विरगंजको नारायणी अस्पतालमा उपचार भइरहेको छ । हावाहुरीले भुलही,पुरैनिया परसौन, बिजवनिया लगाएतका स्थामा ठूलो रुपमा क्षति पु¥याएको छ ।


रुख लडेर,इँटा भट्टाको चिम्नी भत्एिकर, घरको छानाले थिचिएर मानिसहरुको मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।



You might also like
Loading...