सल्यानमा १० जनाले हतियार बुझाए

49












प्रद्युम्न उपाध्याय

सल्यान १८, चैत । जिल्ला प्रशासनकार्यालय सल्यानले सर्वसाधारणसंग रहेका हातहतियार संकलनअभियान थालेपछि हालसम्म १०थान हतियारसर्वसाधारणले बुझाएका छन् ।


शान्तिसुरक्षाको दृष्टिकोणले स्थानीय प्रशासनले हतियार संकलन अभियान चलाएको र त्यहीअनुरुप जिल्ला भरबाट १०वटा हातहतियार संकलन गरिएको जिल्लाप्रहरी कार्यालय सल्यानले जनाएकोछ ।

जसमा एक नाले र दुई नाले गरेर बाह्रबोर २वटा र ८बटा भरुवा बन्दुक संकलन गरिएको सल्यानका प्रहरीप्रमुख बिरेन्द्रबहादुर शाहीले बताए । ‘सर्वसाधारण संगभएका अबैद्ध र इजाजतप्राप्त हतियार संकलन गरिएको छ,’ उनलेभने ‘विभिन्न प्रहरी यूनिटमार्फत हतियार संकलन गरेकाहौं ।’

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि कानुन बमोजिम लिनुपर्ने इजाजत, नवीकरण, नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले राखिएको अवैद्य हतियार समयमै बुझाउन आग्रहगर्दै प्रशासनले ३५ दिने सुचना सार्बजनिक गरेको थियो ।



You might also like
Loading...