ट्रकले ठक्कर दिँदा सैनामैनामा मोटरसाईकल चालकको मृत्यु


बुटवल । रुपन्देहीको सैनामैनामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सोमबार साँझ करिब ८ बजे पुर्व पश्चिम राजमार्ग अन्र्तगत बुद्धनगर चोकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलका चालक सैनामैना ५ निवाशी २० वर्षिया सुरेन्द्र चौधरीको मृत्यु भएको छ भने पछाडी सवार २२ वर्षका श्याम चौधरी घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।



पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु १ ख ७८२२ नम्बरको मालबहाक ट्रकले दक्षिणदेखि उत्तर तर्फ आउँदै गरेको लु ४७ प ९४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा उक्त दुर्घटना भएको ईलाका प्रहरी कार्याय सालझण्डीले जानकारी दिएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ ।



सम्बन्धित
Loading...