टिप्परको ठक्करबाट बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु

104












बुटवल चैत्र १९ । टिप्परको ठक्करबाट सोमबार बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगर स्थित धागो कारखाना नजिकै भएको उक्त दुर्घटनामा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक देवदह ४ निवासी डोलराज अर्यालको मृत्यु भएको हो ।


देवदह नगरपालिका खैरेनिबाट बुटवलतर्फ आउदै गरेको लु २ ख २२३२ नम्बरको टिप्परले बुटवलबाट देवदह तर्फ जाँदै गरेको लु २२ प ४९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार अर्यालको मृत्यु भएको हो ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार टिप्परको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका अर्यालको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजादै गर्दा मृत्यु भएको हो । सोमबार साझ सवा सात बजे भएको उक्त दुर्घटनामा सम्लग्न टिप्पर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ५० बर्षिय अर्यालले बुटवल बहुमुखी क्याम्पसमा स्वास्थ्य तथा जनसंख्या बिषय अध्यापन गराउदै आएका थिए ।



You might also like
Loading...