साइकलमा लुकाएर दाहसंस्कार गर्न लाँदै गरेको शव चितवन प्रहरीद्वारा बरामद


चितवन । प्रहरीले भरतपुर महानगरपालिका गणेश चोकस्थित मुख्य सडकबाट राति १ बजे एक जना महिलाको शव बरामद गरेको छ । सहोदर दिदी र दाइले शवलाई साइकलमा राखेर दाहसंस्कारका लागि नारायणी नदी किनारमा लैजाँदै गरेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले शव बरामद गरेको हो । प्रहरीले मृतककी दिदी र दाइलाई पनि पक्राउ गरेको छ ।




प्रहरीले सो शव भारत मोतिहारी घर भई भरतपुर क्षेत्रपुरमा डेरा गरी बस्ने १७ वर्षीया परीकुमारी देवी साहको रहेको जनाएको छ । पक्राउ पर्नेमा मृतककी दिदी ४० वर्षीय सोभा देवी साह र २६ वर्षीय दाजु दिगन साह छन् । प्रहरीले दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले प्रारम्भिक अनुसन्धानमा सलको पासो लगाएर आत्महत्या गरेको भन्ने जानकारी आएको र थप अनुसन्धान भइरहेको बताए ।







सम्बन्धित
Loading...