बारा र पर्सामा तत्काल राहत र उपचार सेवा पु¥याउन नवलपुर काँग्रेसको माग


कावासोती १९ चैत्र । नेपाली काँग्रेस नवलपुरले बारा पर्सामा भएको यो दुखद घटना प्रति गहिरो चिन्ता ब्यक्त गर्दै तत्काल राहात, स्वास्थ्य उपचार लगायतमा कुनै पनि सेवामा कमी हुन नदिन सरकारसंग माग गरेको छ ।
गत आईतबार बारा र पर्सामा आएको हावा हुरीका कारण भएको ठुलो जनधनको क्षतिप्रति नेपाली काग्रेसं पूर्वी नवलपरासी स्तब्ध तथा मर्माहत भएको जनाएको छ ।
नेपाली काग्रेंस प्रचार विभाग पूर्वी नवलपरासीद्वारा जारी बिज्ञप्तीमा बारा र पर्सा जिल्लाको ग्रामीण भेगमा आएको भीषण हावा हुरीले २७ जना भन्दा बढिको अकल्पनीय ज्यान गएको, धेरै घर भत्काएको, करोडौं नोक्सान पुरयाएको घटनाले सिंँगो नेपाली काग्रेंस स्तब्ध भएको उल्लेख गरिएको छ ।
त्यसैगरी हावाहुरीका कारण ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धान्जली, शोक सन्तप्त परिबारजनमा हार्दिक समबेदना र घाईतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।







सम्बन्धित
Loading...