बर्दघाटबाट सवा एक लाख बराबरको अवैध कपडा बरामद


नवलपरासी, १९ चैत्र ।
पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटले मंगलबार बर्दघाट नगरपालिका २ चिसापानीको भित्री सडकमा वेवारिसे अवस्थामा रहेको एक लाख २४ हजार ८ सय रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ ।
प्रहरीले ३ थान बोरा र एक थान झोलामा ४० थान लेडिज कुर्ता सरवाल र लेडिज टप्स ३ सय ७६ थान गरी उक्त परिमाणको कपडा बरामद गरेको जनाएको छ । बरामद कपडा महेषपुर भन्सार कार्यालय पठाइएको जनाइएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय सुनवलले भारतबाट लुकाइछिपाई ल्याएको भारतीय मोटरसाइकल र पाल्हीनन्दन गाउँपालिका २ बस्ने रामनारायण बानियाँलाई पक्राउ गरेको छ ।
बानियाँले भारतबाट अवैध रुपमा ल्याई लुकाइ राखेको अवस्थामा युपी ५६ बी २५७५ नम्बरको मोटरसाइकल र ३ सय ३२ पिस टायल सुनवल नगरपालिका १२ भतैडी स्थित सन्तोषी माताको मन्दिर कम्पाउण्ड भित्रबाट प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेका बानियाँ र बरामद मोटरसाइकल र टायल प्रहरीले आवश्यक कारवाहीको लागि महेषपुर भन्सार पठाएको छ ।







सम्बन्धित
Loading...