बार एशोसिएसनमा प्रगतिशीलका चण्डेश्वर श्रेष्ठ समूह विजयी


काठमाडौं : कानुन व्यवासायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको २५औं कार्यसमितिका लागि भएको चुनावमा अध्यक्ष वामपन्थी प्यानलका चण्डेश्वर श्रेष्ठ र महासचिवमा वामपन्थी उम्मेदवार सुरेन्द्र थापालाई पछि पार्दै लोकतान्त्रिक प्यानलका लीलामणि पौडेल विजयी भएका छन्।




चण्डेश्वरले ४०२२ मत ल्याएका छन् भने सुनिलले ३८७३ मतमा चित्त बुझाउनु परेको छ। लोकतान्त्रिक प्‍यानलका सुनिल पोखरेल विजयी हुने हल्लाका बाबजुद पराजित भएका छन् भने महासचिवमा वामपन्थी प्यानलका सुरेन्द्र थापा लोकप्रिय भनिए पनि अन्तरघातका कारण पराजित भएका छन्। थापाले ३७०१ मत ल्याएर पराजित भए भने लीलामणी पौडेलले ४१७८ मत ल्याएर विजयी बन्न सफल भए।

मत परिणामको औपचारिक घोषणा हुन केही प्राविधिक काम बाँकी रहेकोले समय लाग्ने निर्वाचन समितिले जनाएको छ। शनिबार भएको निर्वाचनको सोमबारदेखि मतगणना हुँदै आएको बिहीबार अपराह्न सकिएको हो।  विवरणअनुसार अध्यक्ष: चण्डेश्वर श्रेष्ठ,उपाध्यक्ष प्रदेश-१ बाट मानबहादुर रुम्दाली, उपाध्यक्ष प्रदेश-२ बाट रामचन्द्र सिंह, उपाध्यक्ष, प्रदेश-३ बाट ईश्वरीप्रसाद भट्टराई, उपाध्यक्ष. गण्डकी प्रदेशबाट उपाध्यक्ष सुरेन्द्र थापा मगर, प्रदेश -५ बाट सुनिल कुमार श्रेष्ठ ३९७६ मतका साथ विजयी बने भने लीलाधर मरासिनीले ३८५७ मत ल्याए, उपाध्यक्ष कर्णालीबाट उपाध्यक्ष मीनबहादुर महत, उपाध्यक्ष प्रदेशबाट उमेशप्रसाद बिष्ट विजयी भएका छन्।




यसमध्ये प्रदेश ५ का उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ कांग्रेस निकटस्थ लोकतान्त्रिक समूहका हुन्। यसैगरी खुलाक्षेत्र उपाध्यक्ष खुलाक्षेत्र महिलामा रक्षा वस्याल विजय प्राप्त गरेकी छन्।

महासचिवमा लोकतान्त्रिकका लिलामणी पौडेल विजयी भएका छन् भने कोषाध्यक्षमा रुद्रप्रसाद पोख्रेल, सदस्य दलितबाट मोहन साशंकर, सदस्य मधेशी/मुश्लीम बाट  पंचनारायण मण्डल, सदस्य मधेशी/मुश्लीम खुल्लाबाट मनोजकुमार चौधरी, सदस्य आदिवासी/ जनजातीबाट उपत्यका बाहिर: विना कुमारी सिंह (चौधरी), सदस्य आदिवासी/जनजाती खुलातर्फ बद्री नारायण नगरकोटी, सदस्य महिला उपत्यका बाहिरबाट कल्पना कुमारी भण्डारी, सदस्य महिला खुला तर्फ अन्जु कायस्थ, सदस्य खुला उपत्यका बाहिरबाट डा. शिवराज पण्डित विजयी भएका छन्।

यसैगरी बाँकी छ जना सदस्यमा गंगा सागर खत्री, भीमसेन वन्जारा, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, बाल कृष्ण गैरे र खिमानन्द अधिकारीले विजय प्राप्त गरेका छन्।

बार निर्वाचनको अन्तिम परिणाम यस्तो छ  ः

अध्यक्ष: चण्डेश्वर श्रेष्ठ

उपाध्यक्षहरू

प्रदेश १: मानबहादुर रुम्दाली

प्रदेश २: रामचन्द्र सिंह

प्रदेश ३: ईश्वरीप्रसाद भट्टराई

गण्डकी प्रदेशः सुरेन्द्र थापा मगर

प्रदेश ५: सुनिलकुमार श्रेष्ठ

कर्णाली प्रदेश: मिनबहादुर महत

सुदूरपश्चिम प्रदेशः उमेशप्रसाद बिष्ट

खुलाक्षेत्रः रक्षा वस्याल

महासचिव: लिलामणि पौडेल

कोषाध्यक्ष: रुद्रप्रसाद पोख्रेल

सदस्यहरू

(दलित): मोहन साशंकर

(मधेशी/मुश्लिम) उपत्यका वाहिर: पंचनारायण मण्डल

(मधेशी/मुश्लिम) खुल्ला: वीरेन्द्रकुमार ठाकुर

(आदिवासी/ जनजाति) उपत्यका बाहिर: विनाकुमारी सिंह (चौंधरी)

(आदिवासी/जनजाति) खुला: बद्रीनारायण नगरकोटी

महिला उपत्यका बाहिर: कल्पनाकुमारी भण्डारी

महिला खुला: अन्जु कायस्थ

खुलातर्फ

डा. शिवराज पण्डित (उपत्यका बाहिर)

गंगासागर खत्री

भीमसेन वन्जारा

भुवनप्रसाद निरौला

प्रकाश महर्जन

बालकृष्ण गैरे

खिमानन्द अधिकारी




सम्बन्धित
Loading...