पूर्वी नवलपरासीमा भएको दुर्घटनामा एक जनाको मृत्यु


नवलपरासी, २२ चैत्र । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० अरुणखोला र दुम्किबास बीच जंगलमा ना ८ ख १८४५ नम्बरको ट्रकले लु ४१ प १७२७ नम्बरको स्कुटीलाई विहीबार राति ठक्कर दिँदा स्कुटी चालकको निधन भएको छ ।



जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नावय उपरीक्षक अर्जुन रानाभाटका अनुसार स्कुटी चालक नवलपुरको देवचुली नगरपालिका सिर्जना चोक बस्ने २२ बर्षका टिकाराम महतोको जिल्ला अस्पतार भरतपुरमा विहीबारराति निधन भएको हो ।

सोही दुर्घटनामा परी स्कुटीमा सवार सोही ठाउँका भरत गरै घाइते भएका र उनको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...