धनुषाको विदेह नगरपालिकामा बम विस्फोट
धनुषाको विदेह नगरपालिका ७ स्थित नवटोलीका फुलगेन मल्लिको घरपछाडिमा २ वटा बम स्थानीयले विस्फोट गराएका छन्। कसैले बारीमा वेवारिसे अवस्थामा छाडेको बम स्थानीयले फालेर विस्फोट गराए हुन्।
स्थानीयका अनुसार पान मसालको टिनको बट्टामा बनाइएको बम कालो टेपले बेरेर कसैले बारीमा वेवारिसे अवस्थामा छाडेको अनुमान गरिएको छ। बच्चाले खेलाउँदा जनधनको क्षति हुने भएकोले प्रहरी अआउनु अगावै स्थानीयले बेवारिसे अवस्थामा भेटिएको बम फालेर विस्फोट गरेको ईलाका प्रहरी कार्यालय औरहीले जनाएको छ।