विजुलीको पोलले च्यापिएर बालकको मृत्यु

85












नवलपरासी, २३ चैत्र । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ बेल्डियामा शनिबार विजुलीको पोलले च्यापिएर एक जना बालकको निधन भएको छ ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट १३ बेल्डियामा ट्याक्टरबाट विजुलीको सिमेन्ट पोल झार्ने क्रममा सोही ठाउँका ७ बर्षीय बालक रागिक विकको निधन भएको हो ।


च्यापिएर गम्भीर घाइते विकको भरतपुरमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

लु ३ त १९० ट्याक्टरमा रहेको विजुलीको पोल हाड्रोलिकबाट झार्ने क्रममा रागिक च्यापिन पुगेका थिए । त्यस्तै उनका भाई ५ बर्षीय रागप विक गम्भीर घाइते भएका छन् ।

उनीहरु रामबहादुर विकका छोरा हुन् । चालक र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।



You might also like
Loading...