पानसको वनभोज

147












पाल्पाबाट बसाइँ सरि नवलपुर आएका नागरिकले समाज र देशको लागि केही योगदान गरि देखाउनुपर्ने गण्डकी प्रदेश ससद रोशन बाहादुर गाहा मगरले बताउनु भएको छ।
पाल्पा सम्पर्क समाज ९पानस० को आयोजनामा मध्ययविन्दु नगरपालिका स्थित ल्होसेधारामा सम्पन्न वन भोज तथा भित्ते पात्रो सार्वजनिक कार्यक्रममा बोल्नुहुदै सो कुरा बताउनुभएको हो ।
पानस नवलपुरका अध्यक्ष राजेन्द्र जिसिको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश ससद रोशन बाहादुर गाहा मगर प्रमुख अतिथि रहनुभएको थियोे ।
यसैगरी पानस नवलपुरका वरिष्ठ सल्लाहकार कर्णेल धन बहादुर मास्कि राना, मध्यविन्दु नगरपालिका प्रमुख चन्द्र बहादुर राना, विनयि त्रिवेणी गाउपालिकाा प्रमुख डम्बरबहादुर जिसि लगाएत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियोे ।
कार्यक्रममा पानसमा आवद्द रहि विभिन्न कार्यमा योगदान पुर्‍याउनु हुने साहित्यकार एव समाजसेवि लिला मास्कि राना मगर,जेष्ठ नागरिक ९९ वर्षिय राम कुमारी थापा तथा तारानाथ कडेललाइ सम्मान समेत गरिएको थियो । पानस नवलपुरका उपाध्यक्ष सीता पगेनिको स्वागत मन्तव्य रहेको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरूको वेजोड प्रस्तुति रहेको थियो ।




You might also like
Loading...