बर्दघाट चिसापानीमा २७ लाखमा डीप बोरिङ

176








बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपािलका बडा नं. २ चिसापानीमा प्रदेश सरकारको अनुदान रकम २७ लाख लागतमा डिप बोरिङ्ग स्थापना गरिने भएको छ ।

प्रदेश नं. ५ को भौतिक तथा योजना विकास मन्त्रालयको प्रदेशलाई शुद्ध खानेपानीमा आत्मनिर्भर बनाउने योजना अन्तरगत २७ लाखको लागतमा डिप बोरिङ्ग निर्माण कार्य शुरु गरिएको हो । डिप बोरिङ्ग निर्माणका लागि शिलान्यास गरिएको छ ।


बोरिङ शिलान्यास गर्दै सांसद दिपेन्द्रकुमार अधिकारीले प्रदेश सरकार सिकाई र गराईको अबस्थामा रहेको बताउनुभयो ।

उहाँले स्थानिय स्तरमा आबश्यक बिकास निर्माणका कार्यक्रम सदैब रहेको बताउदै मानबको अत्यबश्यक बस्तु खानेपानी लाई हरेक जनतामाझ सहज र सरल तरिकाले शुद्ध खानेपानी उपलब्ध गराउने प्रदेश सरकारको योजना अनुरुप प्रदेश सरकारबाट अनुदान रकम उपलब्ध गराएको जानकारी गराउनुभयो ।

आगामी दिनमा पनि आश्यक पर्नै हरेका विकासमा आफुले सदैब सक्दो सहयोग गर्नै उहाँले प्रतिबद्धता जाहेर गर्नु भयो ।

शिलन्यास कार्यक्रम चिसापानी खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष मोहन बहादुर गुरुङ्गको अध्यक्षतामा भएको थियो ।

बडा नं. २ का बडा अध्यक्ष दया दर्लाम्ी मगरको बिशिष्ट आतिथ्यता रहेको सो कार्यक्रममा खानेपानी डिभिजन कार्यलय का ईन्जीनियर कुलदिप श्रेष्ठ, खानेपानी संस्थाका पदाधिकारी,उपभोक्त, समाजसेवि तथा बुद्धिजिविको उपस्थिीती रहेको थियो ।



You might also like
Loading...