गिरुवारीमा चट्याङ्गले डेढ लाख बराबरको क्षति


नवलपरासी, २६ चैत्र ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ देउराली टोल गिरुवारीमा मंगलबार विहान परेको चट्याङ्गले डेढ लाख बराबरको धनजनको क्षति भएको छ ।
स्थानीय बासिन्दा लालबहादुर मल्लका अनुसार चट्याङ्गले चित्रबहादुर मिधुन मगरको ३ विगाहाको परालको टौवा जलेर नष्ट भएको छ ।
त्यसैगरी त्यसआसपासका दर्जन बढी घरहरुमा विद्युतको मिटरबक्समा क्षति पुगेको छ । पछिल्लो समय नेपालमा चट्याङ्गका कारण मानवीय तथा जनधनको क्षति हुने क्रम बढेको छ ।
चट्याङ्गकै कारण हाइटेन्सन लाइनको तार समेत छिनेको छ ।







सम्बन्धित
Loading...