पूर्वी नवलपरासीमा बस पल्टदा १० जना घाइते (घाइतेहरुको विवरण सहित)

95












कावासोती, २६ चैत्र ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ चोरमारा अरुणखोला बीच जंगलमा मंगलबार यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।
बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ९१०९ नम्बरको बस दुर्घटनामा पर्दा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
घाइतेहरु मध्ये ३ जनाको मध्यविन्दु जिल्ला अस्पताल कावासोती, ६ जनाको मनकामना पोलिक्लिनिक अस्पताल अरुणखोला र एक जनाको भरतपुरमा उपचार भईरहेको छ ।

घाइतेहरुको विवरण


मध्यबिन्दु जिल्ला अस्पतालमा उपचाररत घाईतेहरूको नामावली बिबरणः-

१)जि.रुपन्देही देवदह न.पा.८ बस्ने बर्ष ४८ की पार्बती पाण्डे ढाडमा चोट सामान्य

२)जि.न.प.पुर्ब कावासोती न.पा.३ बस्ने बर्ष ४३ की ओममाया सेवा गालामा चोट सामान्य

३) जि.न.प.पश्चिम बर्दघाट न.पा.४ बस्ने बर्ष ५२ की मिना भण्डारी ,शरिरमा चोट सामान्य

भरतपुर तर्फ पठाईएको घाईतेको नामावली बिबरणः-

१)जि.न.प.पश्चिम बर्दघाट न.पा.४ बस्ने बर्ष ३७ की कमला खरेल खुट्टा फ्याक्चर,मध्यम

मनकामना पोलिक्लिनिक अस्पताल अरुणखोलामा उपचाररत घाईतेहरूको नामावली बिबरणः-

१) जि.न.प.पुर्ब मध्यबिन्दु ८ बस्ने बर्ष ४० की सुमित्रा भण्डारी ,ढाडमा चोट,मध्यम

२) जि.न.प.पुर्ब मध्यबिन्दु १० बस्ने बर्ष ४० की पबित्रा परियार,टाउको र हातमा चोट सामान्य

३) जि.न.प.पुर्ब मध्यबिन्दु १२ बस्ने बर्ष ३५ की धनमाया जर्घामगर, टाउको र हातमा चोट सामान्य

४) जि.न.प.पुर्ब मध्यबिन्दु १२ बस्ने बर्ष ३८ की मिनमाया तामाङ, हातमा र खुट्टामा चोट सामान्य

५) जि.न.प.पुर्ब मध्यबिन्दु १२ बस्ने बर्ष ३६ की सुमि बि.क.,अनुहार मा चोट

६) जि.न.प.पुर्ब मध्यबिन्दु १२ बस्ने बर्ष ५० कि जयमाया सेन,अनुहारमा चोट सामान्य



You might also like
Loading...