नवलपुरको बुलिङ्गटारमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

99












नवलपरासी, २८ चैत्र ।
नवलपुरको पहाडी क्षेत्र बुलिङ्गटार गाउँपालिकामा विहीबार भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बुलिड्डटार गाउँपालिका वडा नम्बर ६ मा रा १ त ८९५ नम्बरको ट्याक्टर सडकबाट झण्डै १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
मृत्यु हुनेमा दाङ जिल्लाको तुल्सीपुर नगरपालिका वडा नम्बर १७ का २३ वर्षीय ट्याक्टर चालक जनक हरिजन रहेका छन् ।
दुर्घटनामा दाङकै राजपुर नगरपालिका वडा नम्बर २ का १८ वर्षीय शनिराम यादव, सोही ठाउँका १८ वर्षीय मोहन यादव र सोही ठाउँकै १९ वर्षीय पिताम्बर यादव रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्याक्टर अर्ताैली गडवा खोला स्थित कालिगण्डकी करिडोर निर्माण कम्पनी अन्तर्गत आशिष निर्माण सेवा कम्पनीको रहेको प्रहरीले जनाएको छ ।



You might also like
Loading...