नवलपुरमा बस दुर्घटना, एकको मृत्यु, दश जना घाइते

89








नवलपुर, ३० चैत्र ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० स्थित दुम्किबास अरुणखोलाबीच जंगलमा रोकिराकेको ट्रकसँग गएराति यात्रुबाहक बस ठक्कर खाँदा बसमा सवार एक जनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सुनौलीबाट काठमाडौंको लागि छुटेको ना ६ ख २४८१ नम्बरको बस रोकिराखेको ना ६ ख १६१८ नम्बरको बस रोखेको ट्रकसँग ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
दुर्घटनामा परी तनहुको सुक्लागण्डकी गाउँपालिका २ बस्ने २३ बर्षका रामु सुनारको निधन भएको हो । उनको उपचारको क्रममा गएराति निधन भएको प्रहरीले जनाएको छ ।
घाइतेहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने ति मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुर र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

घाइतेहरुको विवरण सहित


मिती २०७५।१२।२९ गते अं.२२:४५ बजेको समयमा जि.न.प.(पुर्व) मध्यबिन्दु न.पा.-१० स्थित दुम्कीबास-अरुणखोला जंगलमा पुर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बिग्रि रोकिराखेको ना ६ ख १६१८ नं.को ट्रकको पछाडी सोही दिशाबाट आउदै गरेको (सुनौली देखि काठमांडौ) ना ६ ख २४८१ नं. बस ठोक्कीन गैई दुर्घटना हुदाँ बसमा सवार निम्न स्थान बस्ने निम्न मानिस हरू घाईते तथा मृत्यु भएको ।

निम्न घाईतेहरुः-

(नयाँ मेडिकल कलेज भरतपुर)

  • जि.तनहुँ सुक्लागण्डकी गा.पा.-२ बस्ने वर्ष २२को नेत्र ब.बि.क. टाउको शरिरको विभिन्न भागमा चोट अबस्था सिरियस ।
  • ऐ.ऐ.बस्ने वर्ष २२/२३ को रामु सुनार ऐ.ऐ.चोट (ऐ.ऐ.२४.२५ बजेको समयमा डा.ले मृत घोषणा गरेको लास ऐ.अस्पतालमा रहेको) ।
  • जि. बाँके बैजनाथ गा.पा.-३ बस्ने वर्ष अं.२२ को रमेश शाही खुट्टा र टाउकोमा चोट अबस्था सिरियस ।
  • जि.न.प.(पुर्व) देवचुली न.पा.१४ बस्ने वर्ष ३५ को बुद्दीनाथ पौडेल दाहिने हातखुट्टामा र मुखमा चोट अबस्था मध्यम ।

(पुरानो मेडिकल कलेज भरतपुर)

  • जि.काठमाण्डौ बस्ने वर्ष अं.४० की पदमा अधिकारी दाहिने हातमा चोट अबस्था सामान्य ।
  • ऐ.ऐ.बस्ने वर्ष ३७ की सुस्मा देवकोटा दाहिने हातमा चोट अबस्था सामान्य ।
  • ऐ.ऐ.बस्ने वर्ष १७ की सिल्या देवकोटा टाउको मा चोट अबस्था सामान्य ।
  • ऐ.ऐ.बस्ने वर्ष ७० की लिला देवकोटा टाउको मा चोट अबस्था मध्यम ।
  • ऐ.ऐ.बस्ने वर्ष १५ को अभिनय देवकोटा दाहिने हात खुट्टामा चोट अबस्था सामान्य ।
  • ऐ.ऐ.बस्ने वर्ष ४३ को सुनिल कुमार देवकोटा दाहिने हातमा चोट अबस्था सामान्य ।
  • जि.न.प.(पुर्व)देवचुली न.पा.-४बस्ने वर्ष३०को भोजराज भट्टराई दाहिने खुट्टामा चोट -सामान्य ।

 



You might also like
Loading...