सेवा निवृत्त राष्ट्रसेवक संघ नवलपुरको अध्यक्षमा गौडेल

73












सेवा निवृत्त राष्ट्रसेवक संघ नवलपुरको अध्यक्षमा युक्तप्रसाद गौडेल चयन भएका छन् ।

शुक्रबारराती सम्पन्न प्रथम जिल्ला अधिवेशनले गौडेलको अध्यक्षतामा १५ सदस्यीय नया“ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा टंकप्रसाद अर्याल, सचिवमा नरनाथ पाण्डे, कोषाध्यक्षमा दुर्गाबहादुर गुरुङ चयन भएका छन ।


सदस्यहरुमा जगन्नाथ खनाल, बाबुराम पौडेल, भोलाप्रसाद बस्ताकोटी, कृष्णबहादुर अधिकारी, लालकृष्ण शर्मा, नारायणप्रसाद ढकाल, मदन प्रसाद अर्याल, डोरमान गिरी, भवानी शंकर कु“वर, पुष्पराज बराल र लक्ष्मी कुमारी ढकाल चयन भएका छन ।

नवनिर्वाचित अध्यक्ष गौडेलले संस्थाले लिएको भावि योजनालाई सफल बनाउनका लागि आफु सधै अग्रसर हुने बताए । संस्थामा सदस्यता वृद्धि गर्दै सरकारसंग सेवा सुविधाका लागि आवश्यक पहल गर्ने गौडेलले प्रतिवद्धता जनाए ।



You might also like
Loading...