लुक्ला दुर्घटनामा मृतकको संख्या ३ पुग्यो – अपडेट (भिडियो सहित)


 




लुक्ला विमानस्थलमा आइतबार बिहान समिट एयरकाे उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेकाे हाे।जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन्।




त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीकाअनुसार जहाजका कोपाइलट सुदीप ढुंगाना र विमानस्थलमा कार्यरत पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएकोहाे।

विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठकाे काठमाडाैं ल्याइएपछि उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

दुर्घटनामा उक्त जहाजका पाइलट रवीन्द्र रोकाया, मनाङ एयरकाे हेलिकप्टरका पाइलट चेत गुरुङ गभ्मीर घाइते छन्। उक्त जहाजकी एयर हाेस्टेज रश्मी लामा सामान्य घाइते छिन्। घाइते दुवै पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

नागरिक उड्ययन प्राधिकरणका प्रमुख राजकुमार क्षेत्रीकाअनुसार आइतबार बिहान ९ बजेर ६ मिनेटमा दुर्घटना भएकाे हाे।

जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्रीएयरकाे हेलिकप्टरसित ठोक्किएको समिटका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए। दुर्घटनाबाट मनाङ एयरकाे हेलिकप्टर पुरै क्षतिग्रस्त भएकाे छ। श्रीएयरकाे हेलिकप्टरमासमेत क्षति पुगेकाे छ।



सम्बन्धित
Loading...