विद्यार्थी नेता बस्याल पक्राउ


नवलपरासी, १ बैशाख ।
प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट विद्यार्थी नेता रमेश बस्याललाई पक्राउ गरेको छ ।
आइतबार विहान घर खाना खान निस्केको बेला उनलाई पक्राउ गरेको हो । उनी प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीका विद्यार्थी संगठनका नवलपरासी जिल्ला अध्यक्ष हुँदै पार्टी विभाजन वैद्य नेतृत्वको नेकपा माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएर राजनीतिक जीवनमा आवद्ध थिए ।
पछिल्लो समय राजनीतिकमा कमै सक्रिय रुपमा लागेका उनी नेकपाका जिल्ला सदस्य समेत थिए ।
उनलाई प्रहरीले यस अघि पनि निर्वाचन वहिस्कारको समय ताका पनि निगरानीमा राखेको थियो । ओली नेतृत्वको सरकारले विप्लवको पार्टी नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लवका अधिकांश नेता कार्यकर्ता भूमिगत भए पनि बस्याल भने खुल्ला रुपमा बर्दघाटमै आफ्नै घर बस्दै आएका थिए ।
उनलाई बर्दघाट बजारबाट नजिकैको घर खाना खान जाने क्रममा पक्राउ गरेको हो ।







सम्बन्धित
Loading...