पाल्हीनन्दनमा गहुँबाली जलेर नष्ट

255












नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा आगलागीबाट साढे ६ विगाहाको गहुँ जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पाल्हीनन्दन ४ को लौरही, पाल्हीनन्दन २ र ३ को कुस्मामा रहेको ३० जनाको गरी १ सय ३१ कठ्ठा अर्थात साढे ६ विगाहामा रहेको गहुँ नष्ट भएको हो । नजिकै रहेको काटी सकेको गहुँबालीको ठुटो डढाउने क्रममा उक्त आगो उडेर गई आगलागी भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिब ७ लाख बराबरको गहुँ नष्ट भएको प्रहरीले जनाएको छ ।



You might also like
Loading...