कावासोतीमा किसानले चलाए आफ्नै डेरी

267








ब्यवसायीक रुपमा पशुपालन गर्दै आएका नवलपुरको कावासोती नगरपालिकाका किसानहरुले दुग्ध डेरी सञ्चालनमा ल्याएका छन् ।

कावासोतीमा रहेको नमुना बहुउद्देश्य सहकारी संस्था मार्फत ब्यवसायीक किसानहरुले खाँटी दूग्ध डेरी सञ्चालनमा ल्याएका हुन् । डेरीको आज औपचारिक कार्यक्रम गरी सञ्चालनमा ल्याएको छ ।


डेरी उद्घाटन गर्दै कावासोती नगरपालिका वडा नम्बर १० का अध्यक्ष टेकनारायण महताले युवा ब्यवसायीहरुको सक्रियतामा डेरी सञ्चालन भएको भन्दै आभार ब्यक्त गर्नुभयो ।

नमुना बहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष कमला लम्सालले दूग्ध डेरीका लागि आफ्नो संस्थाबाट जस्तो सुकै सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले सबै दूग्ध ब्यवसायीहरुलाई सहकारीका आवद्ध हुन पनि आग्रह गर्नुभयो ।

दुग्ध उत्पादक किसानहरुको तर्फबाट बोल्दै जीवनराज सापकोटाले राज्यबाट पाउनुपर्ने सेवा सुविधाहरु अब आफूहरुले संस्थागत रुपमा लिन पहल गर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा दुग्ध डेरीका अध्यक्ष हरीप्रसाद पंगेनीले स्वागत मन्तब्य राख्नु भएको थियो भने सचिव नारायण पंगेनीले सञ्चालन गर्नु भएको थियो । उक्त डेरीमा २५ जना भन्दा बढी ब्यवसायीक किसानहरु आवद्ध छन् ।



You might also like
Loading...