कुकुरको आक्रर्मणबाट निलगाईको ज्यान गयो
कपिलवस्तु । कपिलवस्तुको कृष्णानगर नगरपालिका-६, भिल्मी गाउँदेखि दक्षिण बगैँचामा कुकुरहरुले आक्रमर्ण गर्दा निलगाईको ज्यान गएको छ ।
निलगाईलाई कुकुरहरुले चारैतिरबाट आक्रमर्ण गरि विभिन्न ठाउँ टोकी घाइते बनाई दाहिने आँखा फुटाएको अवस्थामा गाउँलेहरुले फेला पारि स्थानिय प्रहरी र डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए ।
जानकारी लगत्तै उद्धारका लागि सोही स्थानमा पुगेको डिभिजन वन कार्यालय (गौतम बुद्ध) चन्द्रौटाको टोली निलगाईलाई सुरक्षको लागि कार्यालय ल्याई पशु सेवा कार्यालय चन्द्रौटाका चिकित्सक बोलाई उपचारकै क्रममा निलगाईको ज्यान गएको सहायक वन अधिकृत राम चन्द्र शाहले जानकारी दिए ।