बन्दलाई लक्षित गरी नवलपुरको चौधरी उद्योग अगाडि बम बिस्फोट

153







रामकुमार श्रेष्ठ
नवलपरासी ४ बैशाख ।
बैशाख ५ गते विहीबारको बन्दलाई लक्षित गरी विप्लव नेतृत्वको नेकपाले पूर्वी नवलपरासीको देवचुलीमा रहेको चौधरी उद्योग अगाडि बम विस्फोट गराएको छ ।
प्रहरीका अनुसार चौधरी उद्योगको पूर्व पट्टीको गेटदेखि १० मिटर पूर्व तर्फ विस्फोट गराएको हो ।
बुधबार साँझ भएको विस्फोटबाट मानवीय क्षति भने भएको छैन ।
५ सय एमएलको बोतल भित्र बारुद राखेर कालो प्लाष्टिकले बारेर राखेको वस्तु विस्फोट भएको प्रहरीले जनाएको छ ।
यस अगाडि पनि उद्योग लक्षित बिस्फोट भएको थियो । भोलि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आयोजना गरेको छ ।


You might also like
Loading...