अरुणखोलामा राँके जुलुस निकाल्दै गरेको विप्लवका कार्यकर्ता पक्राउ
कावासोतीमा जिल्ला प्रहरी कार्यालय नजिकै बम विस्फोट (भिडियो सहित)
नवलपुर । नवलपुर प्रहरीले पूर्वी नवलपरासीको अरुणखोलाबाट विप्लव नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीले नेकपाका जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई अरुणखोलाको बाहुनी कुनाबाट पक्राउ गरेको हो ।
५।६ जनाको समूहमा रहेका नेकपाका कार्यकर्ताले बैशाख ५ गते नेपाल बन्दको पूर्व सन्ध्यामा राँके जुलुस निकाल्ने क्रममा प्रहरीले रेग्मीलाई पक्राउ गरेको हो ।
बन्दलाई लक्षित गरी नवलपुरको चौधरी उद्योग अगाडि बम बिस्फोट
राँके जुलुस निकाल्ने अन्य भाग्न सफल भए पनि प्रहरीले रेग्मीलाई भने नियन्त्रणमा लिन सफल भएको थियो ।
यसैबीच बैशाख ५ गते विहीबारको बन्दलाई लक्षित गरी विप्लव नेतृत्वको नेकपाले पूर्वी नवलपरासीको देवचुलीमा रहेको चौधरी उद्योग अगाडि बम विस्फोट गराएको थियो ।
नवलपुर दिनभर बम आतंक !