कावासोती ३ मा जिल्ला कार्यालयहरु रहने

114







कावासोती । नयाँ जिल्ला नलपुरका सदरमुकाम कावासोतीमा आफ्नै भवनहरु नरहेको जिल्ला तथा अन्य सरकारी कार्यालयहरुको भवन कावासोती ३ मा रहेको खुल्ला चौरमा हुने भएको छ ।
नेपाल सरकारको नाममा उक्त चौरको लालपूर्जा लिए पनि त्यहाँ बैशाख ७ गते शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको भन्दै कावासोती नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेको छ ।
यसका लागि कावासोतीमा व्यापक तयारी पनि गरिएको छ । शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि आउने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली नवलपुर आउने भएपछि सुरक्षा व्यवस्था मजबुद पारिएको जनाइएको छ ।
अहिले यत्रतत्र छरिएर रहेका सरकारी कार्यालयबाट सेवा लिन आम सर्वसाधारणलाई असहज भएकाले अब एउटै कम्पाउण्डबाट सबै सरकारी सेवा प्रवाह गरिने यस क्षेत्रका सांसद तिलक महतले बताए ।


शनिबारको नवलपुर बन्द फिर्ता


You might also like
Loading...