नेपालको राष्ट्रिय झण्डा जलाउन खोज्ने १२ जना प्रक्राउ

119







शुभाकर विश्वकर्मा,

जुम्ला । नेपालको राष्ट्रिय झण्डा जलाउन खोज्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य धन बहादुर थापा सहित १२ जना प्रक्राउ परेका छन् ।


तस्वीर कावासाेतीकाे प्रदर्शनकाे

जुम्ला बजारको मुटुमा रहेको कृष्ण मन्दिर नजिकै झण्डा जलाईरहेको अवस्थामा उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको हो । प्रक्राउ पर्नेमा जिल्ला सभापति बेद बहादुर शाहि, प्रदेश कमिटि सदस्य अंगत प्रसाद देवकोटा, भवानी प्रसाद न्यौपाने जिल्ला सचिव श्रीकृष्ण बुढा, पुर्व अध्यक्ष रतिमान बुढा लगायत १२ जना छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डियसपी सिताराम रिजालका अनुसार हिन्दु राष्ट कायम गर्नु पर्ने भन्दै धर्मनिरपेक्षताको विरोध गरिहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको हो ।

यस अघि राप्रपा कार्यकर्ताहरुले सदरमुकाममा बिहानै देखी नाराबाजी गरिहेका थिए । अहिले १२ जना जिल्ला प्रहरी कार्यालयको हिरासत छन् ।


You might also like
Loading...