देश सुशासन र सम्वृद्वीतर्फ अघि बढ्योः प्रधानमन्त्री ओली


बिजय चालिसे




बैशाख, ०७, कावासोती । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको मार्ग अघि बढेको बताउनुभएको छ । नमुना नवलपुर सदरमुकामको शिलन्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शुसासन र सम्वृद्वीतर्फ देश अघि बढेको बताउनुभएको हो ।

केहि दिन अघि मात्र शिलन्यास गरिएको पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा काम तिब्र गतिमा अघि बढेको छ, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘त्रिवेणी कोरला सडक खण्डको काम पनि धमाधम भैरहेको छ, पोखराको क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थलको रन वे को काम पनि सकिएको छ, अब विकास निर्माणकै कामले गति लिनेछ ।’ राजनितिक भाषण नगर्नुभएका प्रधानमन्त्री ओलीले समग्र देशमा भैरहेका विकास निर्माणका कामले द्रुत गति लिएको बताउदै कुनै पनि नागरिकलाई शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चित हुन नदिने ठोकुवा गर्नुभयो ।


उहाले देशका दुर्गम क्षेत्रमा रहेका महिलाहरु सेत्केरी हुने बेलामा उपचार नपाएर अकालमै आमा र शिशुको ज्यान जाने अवस्था अब सधैका लागि अन्त्य गरिने बताउनुभयो । उहाले भन्नुभयो–‘अब कोहि पनि महिलाले अकालमै ज्यान गुमाउनु पर्दैन प्रत्येक ठाउमा हेलिकप्टरबाट उद्वार गरेर अस्पताल पु¥याईन्छ ।

अहिले भर्ना अभियान चलिरहेकाले कोहिपनि बालबालिका बिद्यालयको पहुच बाहिर हुन नहुने भन्दै उहाले भन्नुभयो– तपाईहरुका छिमेकमा पनि बिद्यालय नगएका बालबालिका छन् भने विद्यालयसम्म पु¥याउने वातावरण सिर्जना गर्नु हामि सबैको कर्तव्य हो । उहाले विद्यार्थी भर्ना अभियान सफल बनाउन सबै सरोकारवाला निकायलाई निर्देशन समेत दिनुभयो ।

उहाले जेष्ठ नागरिकलाई निशुल्क एकलाख बिमा, यसैवर्ष ४ सय झोलुङ्गे पुल निर्माण, ८ सय किलोमिटर सडक कालोपत्रे लगायतका काम भैसकेको उल्लेख गर्दै सबैले एकतावद्व भएर अघि बढे सम्वृद्वी आफ्नै आँखा अगाडी देखिने बताउनुभयो । नवलपुर सम्भावनाको खानी भएको भन्दै देशकै सबैभन्दा ठुलो फलामखानी नवलपुरमै रहेकाले यसलाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने दावी गर्नुभयो । उहाले फलामखानी सञ्चालनमा ल्याएर यहाका बेरोजगारहरुलाई रोजगारमात्र दिने नभै समग्र देशको अर्थतन्त्रमा ठुलो योगदान पु¥याउनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

उहाले रेलको सर्वे पनि सकिएकाले पुर्वपश्चिम रेल गुडाउने र गण्डकी र कोशीमा पानी जहाज चलाएरै छाड्ने दावीसमेत गर्नुभयोे । उद्घाटन कार्याक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भुमि व्इबस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल, प्रतिनिधिसभा सदस्य तिलक महत, गण्डकी प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता कृष्ण चन्द्र नेपालीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।




सम्बन्धित
Loading...