आगोले जलेर बालकको मृत्यु

77












बागलुङ। निसीखोला गाउँपालिकामा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । शनिबार निसीखोला गाउँपालिका– २ देवीस्थान छरछरेमा स्थानीय बिमल सुनारको गोठमा आगलागी हुँदा उनका ३ वर्षीया छोरा विशाल सुनारको जलेर ज्यान गएको हो ।

गोठमा बालबालिका मात्रै रहेको अवस्थामा अचानक आगलागी हुँदा घटना भएको निसीखोला गाउँपालिका २ का वडा अध्यक्ष कुवीर विकले जानकारी दिए ।
गोठ जलेर नष्ट हुँदा मानवीय क्षतिसहित तीन लाख बराबरको क्षति भएको अध्यक्ष विकले जानकारी दिए । घटना पश्चात इलाका प्रहरी कार्यालय झिवाखोलाको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।




You might also like
Loading...