सन्दिप स्टाईलिस प्लेयर


नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले दिल्ली क्यापिटल्सको लागि किंग्स ११ पन्जाबसँगको खेलमा तीन लिए बापत ‘ स्टाईलिस प्लेयर’ को उपाधि हात पारेका छन् । उनले यस उपाधीसँगै एक लाख भारु पनि प्राप्त गरे ।




आजको खेलमा सन्दिपले चार ओभर बलिंग गर्दै ४० रन खर्चिए पनि महत्वपूर्ण तीन विकेट हात पारेका थिए । सन्दिपले केएल राहुल, क्रिस गेल र साम कुर्रानको विकेट लिएका थिए ।

सन्दिपले आफ्नो पहिलो ओभरमा नै १२ रन बनाएका केएल राहुललाई विकेट किपर रिशभ पन्तको हातबाट स्टम्पिंग गर्दै आफ्नो र दिल्लीको लागि पहिलो सफलता हात पारेका थिए । त्यस्तै सन्दिपले तेश्रो ओभरको दोश्रो बलमा गेल र त्यही ओभरको अन्तिम बलमा शुन्य रन बनाएका साम कुर्रानलाई कट एण्ड बोल्ड गरेका हुन् ।


सन्दिपलाई दिल्लीले कलकत्ता, हैदराबाद र मुम्बई बिरुद्धको पछिल्लो तीन खेलमा पनि बेन्चमा राखेको थियो ।




सम्बन्धित
Loading...